NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९

परिचय

परिचय

नेपालको भन्सार प्रशासनको इतिहास खोतल्दै जाँदा लिच्छविकालसम्म पुग्न सकिन्छ । त्यसैले नेपालको भन्सार प्रशासनलाई प्राचन प्रशासनहरू मध्येकै एक हो भनेर भन्ने गरिन्छ । भन्सार प्रशासनको इतिहास धेरै पुरानो भएता पनि विमानस्थल भन्सारको कार्य नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवाको शुरुवात सँगै शुरु भएको अनुमान गर्न सकिन्छ । स्थापना भई काम थालनी गरेको सम्बन्धमा एकीन गर्न नसकिएता पनि २००९ साल जेठमा गौचरणमा भन्सार अड्डाबाट कर्मचारिहरू खटिएर भन्सार सम्बन्धी कार्य भए गरेको तथ्य अर्थ मन्त्रालयको २००९ जेठ १३ गतेको नेपाल गजेटमा हवाई ग्राउण्डमा माल छुटाउने नियम व्यवस्था भएबाट सो कार्यको थालनी भएको बुझिन्छ । उक्त नियम अनुसार जहाज जमिनमा उत्रेपछि भन्सारका कर्मचारीहरू खटीई माल भारीहरू यताउता हुन नपाउने गरी लगत गरी जाँची महशुल लिई भन्सार पास भन्ने लेबल लेखी त्यसमा अड्डाको छाप लगाई उक्त लेबल टाँसी मालधनीहरूलाई बुझाई दिनु पर्ने व्यवस्था भएको देखिन्छ । वि.सं. २०१३ सालमा तराईका सवै बजार अड्डाहरूलाई भन्सार कार्यालयमा परिणत गरिएसँगै यस कार्यालयको स्थापना भएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँ महानगरपालिका वडा नं.३२, गौचरमा अवस्थित छ । यस कार्यालय अन्तर्गत छोटी भन्सार कार्यालयको रूपमा बैदेशिक हुलाक शाखा, डिल्लीबजारकाठमाडौँमा रहेको छ ।